कास्की: १ सय ५३ फरार प्रतिवादी पक्राउ, चेक अनादर मुद्धाका सबैभन्दा बढी

कुन मुद्धामा कति जना पक्राउ ?

पाेखरा | फागुन १, २०८१

कास्की: १ सय ५३ फरार प्रतिवादी पक्राउ, चेक अनादर मुद्धाका सबैभन्दा बढी

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले गत माघ महिनामा १ सय ५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

 

विभिन्न मुद्धामा दोषी ठहर भएका ति प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि कारागार चलानका लागि अदालतमा बुझाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्सपेक्टर अविनाश दिप जिसीले जानकारी दिए ।

 

उनका अनुसार पक्राउ पर्नेमा  १ सय २५  जना पुरुष र २८ जना महिला रहेका छन् ।

 

पक्राउ पर्नेहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र नगद रु १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ जरिवाना असुल गर्नुपर्ने बताइएको छ । 

 

पक्राउ परेकाहरुमध्ये ९६ जना चेक अनादर मुद्धा, १४ जना लागू औषध सम्बन्धि मुद्दा, १८ जना बैंकिङ कसूर मुद्धा, ५ जना अभद्र व्यवहार मुद्दा, २ जना न्यूनस्तरको खाद्य उत्पादन विक्री गरेको सम्बन्धी मुद्धा, २ जना स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धि मुद्धा,  १ जना सवारी ज्यान मुद्धा, १ जना कुटपिट मुद्धा, ४ जना जालसाझी मुद्धा, १ जना लेनदेन मुद्धा र ९ जना चोरी मुद्धामा दोषी ठहर भएका थिए ।
 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्